नियम २३
निर्णय गर्ने वा सूचना उपलब्ध गराउने अवधि

(१) ऐनको दफा ९ को उपदफा (१) बमोजिम परेको उजुरीको सम्बन्धमा प्रमुखले आवश्यक जाँचबुझ गरी सात दिनभित्र अन्तिम टुंगो लगाई सक्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम उजुरी जाँचबुझ गर्दा ऐनको दफा ९ को उपदफा (२) बमोजिम उजुर गर्ने व्यक्तिलाई सूचना उपलब्ध गराउन पर्ने देखिएमा प्रमुखले त्यसरी उजुरी टुंगो लागेको मितिले बढीमा सातदिनको म्याद दिई सूचना उपलब्ध गराउन सम्बन्धित सूचना अधिकृतलाई आदेश दिनु पर्नेछ ।